सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजस्व चुहावटको अभियोगमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व चुहावटको अभियोगमा दुई जना विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले बाग्लुङ नगरपालिका-७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरूद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी अपराध गरेको अभियोगमा बाग्लुङ नगरपालिका-७ का सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरूद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मरको साथबाट केही समय पहिले बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा दुई सय ३८ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो।

बरामद भएको सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विभागमा उपस्थित भएका थिए। अनुसन्धानका क्रममा ती सुनका गहना राजस्व छलीको भएको पुष्टि भएको छ।

विभागले उनीहरूविरूद्ध १८ लाख ९४ हजार दुई सय बराबरको बिगो दाबीका साथ कैद सजायको माग गरेर मुद्दा दायर गरेको जानकारी दिएको छ।

प्रकाशित: Oct 13, 2022| 16:15 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।