शनिबार, जेठ ३०, २०८३

नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा

टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- टीभीएस मोटर कम्पनीले नयाँ टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ। यो नयाँ मोडलमा कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुका साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ। 

National life

योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ। यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ। १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एकमात्र स्कुटर हो। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ। यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ।

यस अवसरमा टीभीएस मोटर कम्पनीको इन्टरनेसनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने, ‘नेपाल सधैँ हाम्रा लागि प्रमुख बजार भएको छ र यसले ग्राहकका लागि हाम्रा प्रस्तावहरु ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ। टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौँ। टीभीएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरुबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रिया संकलन गरिसकेको छ।

भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट–इन–सेगमेन्ट डुअल राइड मोडहरु, उच्च टप स्पिड र उत्कृष्ट एक्सेलेरेसन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिबद्धतामात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारीसाधनका विशेषताहरुसहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’

लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भने, ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी’ नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ। हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ।’  

Shivam cement

प्रकाशित: Oct 13, 2022| 16:49 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्