शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वासिङ्टनडीसीमा नेपाल–भारतका समकक्षी गभर्नरबीच भेटवार्ता, क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल

वासिङ्टनडीसीमा नेपाल–भारतका समकक्षी गभर्नरबीच भेटवार्ता, क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल

पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र यसबाट रोकथामका लागि दुई मुलुकले चाल्नुपर्ने आगामी नीतिबारे छलफल।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९
National life
Shivam cement

काठमाडौं– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रममा सहभागिता जनाउन अमेरिका पुगेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ। दास र गभर्नर अधिकारीबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको राष्ट्र बैंकले बताएको हो।

दुवै गभर्नरबीचको भेटमा क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल भएको बताइएको छ। पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र यसबाट रोकथामका लागि दुई मुलुकले चाल्नुपर्ने आगामी नीतिबारे छलफल भएको बताइएको छ।

साथै, बैंकिङ क्षेत्रको डिजिटाइजेसनबारे समेत छलफल भएको थियो। यसैगरी भुक्तानी प्रणाली र कारोबार राफसाफ, सीमानाकामा हुने व्यापार र रेमिट्यान्सबारे छलफल भएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Oct 13, 2022| 16:12 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्