सोमबार, साउन १८, २०८३

जसपाका चार मन्त्री पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीलाई पदमुक्त गरेकी छन्। राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका चारजनालाई पदबाट हटाएकी हुन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीलाई पदमुक्त गरेकी छन्। राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जसपाबाट मन्त्री भएका चारजनालाई पदबाट हटाएकी हुन्।

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, कृषि विकासमन्त्री मृगेन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव पदमुक्त भएका  छन्।  सत्ता गठबन्धनबाट बाहिरिएर जसपाले एमालेसँग गठबन्धन गरेपछि देउवाले सो पार्टीका मन्त्रीहरुलाई हटाएका हुन्। ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन् ।


प्रकाशित: Oct 13, 2022| 18:02 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...