शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग

सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ।

National life

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बिरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका छन्।

वीरगन्जस्थित दियालो लर्डस् प्लाजामा आयोजित उक्त सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेशनल प्रेशिडेन्ट, नगर प्रमुख तथा स्थानिय उद्योगपति, व्यवसायिहरुको उपस्थिति रहेको थियो।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको बिरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ। सो सहयोगबाट बिरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।

Shivam cement

प्रकाशित: Oct 13, 2022| 16:51 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्