शनिबार, जेठ ३०, २०८३

सानिमा बैंक अब ठिमी र कपनमा

सानिमा बैंकले ठिमी र कपनमा शाखा सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९
National life
Shivam cement

काठमाडौं- सानिमा बैंकले ठिमी र कपनमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा दुई ठाउँमा शाखा खोलिएको बैंकले जनाएको छ। ती शाखाहरुको उद्घाटन बैंक ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोखरेलले संयूक्त रुपमा गरे। 

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए। बैंकका देशभर १२९ शाखा कार्यालय र १२० एटीएम सञ्चालनमा छन्।


प्रकाशित: Oct 13, 2022| 16:50 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्