शुक्रबार, चैत २९, २०८१

लुम्बिनीले नि:शुल्क बिजुली बस तिहार र छठसम्मै चलाउने

लुम्बिनी विकास कोषले सञ्‍चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ। लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो।
 |  बिहीबार, असोज २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

vianetvianet

बुटवल- लुम्बिनी विकास कोषले सञ्‍चालन गरेको धम्म यात्रा बिजुली बसको अफिसियल यान्त्रिक परीक्षणलाई दिपावली सहित छठपर्व सम्म बढाइने भएको छ। लुम्बिनी विकास कोषको विहिबार बसेको सचिवालय बैठकले नि:शुल्क बस सेवा तिहार र छठसम्म लैजाने निर्णय गरेको हो।

triton college

दसैंको अवधिमा नि:शुल्क बिजुली बसप्रति आकर्षण बढेकाले तिहार र छठसम्म सेवा लैजाने निर्णय भएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। दसैंको अवसर पारेर असोज १३ गतेबाट नि:शुल्क रुपमा बौद्ध परिपथ क्षेत्रमा नि:शुल्क बिजुली बस सञ्‍चालन गरिएको थियो।

बुधबार (मंगलबार) सम्म ९ हजार ७ सय १२ जनाले लुम्बिनीको धम्म यात्रामा सहभागि भई लुम्बिनी भ्रमण गरेको कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई संयोजक विश्वराज पौडेलले जानकारी दिए।

लुम्बिनीबाट रामग्राम सम्मको रुटबाट १५ दिनमा २८ ट्रिप यात्रा मा १३९० जना, लुम्बिनी बुटवल रुटमा १० दिनमा ३८ ट्रिप यात्रामा ११२२ जना, लुम्बिनी देवदह रुटबाट १५ दिनमा २९ ट्रिप यात्रामा एक हजार ३४० जना, लुम्बिनी बेलहिया रुटबाट ८८ ट्रिप यात्रामा ३४७९ जना, लुम्बिनी तिलौराकोट रुटबाट ५५ ट्रिप यात्रामा १३४८ जना, लुम्बिनी रामापुर कलोनी रुटबाट ५ दिनमा २४ ट्रिप यात्रामा १०३३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।

उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रसासन कार्यलयको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरीबलबाट चालक र सहयोगी सहितको सहयोग कायम रहेको छ।

National life insurance

१५ दिनको अवधिमा विद्युतीय बस सञ्‍चालनमा प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पुर्‍याउने पर्यटन व्यवसायी, नेपाली सेना प्रहरी तथा सरोकारवालाहरुप्रति कोषका कोषाध्यक्ष भटराईले आभार व्यक्त गरेका छन्। लुम्बिनी विकास कोषले ५ वटा बस लुम्बिनी तिलौराकोट, लुम्बिनी देवदह, लुम्बिनी रामग्राम, लुम्बिनी बुटवल र लुम्बिनी सैनामैना क्षेत्रमा नियमित रुपमा सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Oct 13, 2022| 18:33 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।