आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरुआत

एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी सुरुआत गरेको छ।

पोखराको याम्दीस्थित गोस्तेघाट खेलमैदानमा बिहीबारदेखि सुरु भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २–० अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो।

एनआरएनएको जितमा विमल घर्तीमगर र सञ्जोग राईले गोल गरे। विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए। दोस्रो गोल एनआरएनएका सञ्जोगले दोस्रो हाफको ५५औं मिनेटमा गरे। प्रतियोगिताअन्तर्गत बिहीबार बागमती र मधेस प्रदेशबीच केही बेरमा खेल सुरु हुनेछ।

प्रकाशित: Oct 13, 2022| 16:25 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।