मंगलबार, वैशाख ४, २०८१

मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।
 |  बिहीबार, असोज २७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, असोज २७, २०७९

विराटनगर– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ मा मुख्यगरी दुई उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ। एमाले उम्मेदवार घनश्याम खतिवडा र नेपाली कांग्रेसका डिगबहादुर लिम्बुबीच प्रतिष्पर्धा हुने देखिएको हो।

triton college

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो। लेटाङ नगरपालिका स्थायी घर भएका दुवै उम्मेदवारको पृष्ठभूमि एकै छ। शिक्षण पेशाबाट राजनीतिको मूलधारमा आएका खतिवडा र लिम्बु सहकारी, सामुदायिक वन लगायतका क्षेत्रमा पनि सँगै रहेका थिए। स्थानीय स्तरमा लोकप्रिय दुवै नेताहरु एक अर्काबीच भेटघाट हुनेबित्तिकै अंगालो नै हालेर आत्मियता साटासाट गर्ने गर्छन्।

दुई नेता फरक–फरकबाट राजनीतिक दलबाट उम्मेदवार हुँदा धेरै उम्मेदवारलाई निर्णयमा सकस पनि हुने गरेको छ। तीन पटकको भेटमा एक–एक पटक संसद्मा पुगिसकेका उनीहरुको तेश्रो भेटमा कसले बाजी मार्ने निश्चित छैन। दुवैको अवस्था एकै रहेकाले स्वयं उम्मेदवार पनि के हुने हो आफैं भन्न सकिरहेका छैनन्। स्थानीय पार्टी कार्यकर्ताहरु नै कसले बाजी मार्ने निश्चित नभएको बताउँछन्। 

दुवै टेस्टेड
मोरङ १ मा टिकट फाइनल हुनुअघि एमालेबाट कसले टिकट पाउनेमा निश्चित थिएन। एमालेबाट ५ जनाको नाम सिफारिस भएर गए पनि मुख्यगरी खतिवडा र स्थायी कमिटी सदस्य पूर्वमन्त्री डा. शिवमाया तुम्वाहाम्फेमध्ये कसले टिकट पाउने भन्ने यकिन थिएन। तर सत्ता गठबन्धनबाट लिम्बु करिब निश्चित थिए। 

एकल सिफारिस नभए पनि खतिवडा भन्दा लिम्बुको टिकट पहिले कन्फर्म भएको थियो। अन्तिममा एमालेबाट पनि खतिवडा नै उम्मेदवार भए। क्षेत्र नं. १ मा ०७० देखि लिम्बु र खतिवडाबीच प्रतिष्पर्धा हुँदै आएको छ। ०७० को संविधानसभा निर्वाचनमा खतिवडालाई पराजित गरेका लिम्बु ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगेका थिए। एमाले–माओवादी गठबन्धनबाट खतिवडाले लिम्बुलाई सहजै पराजित गरेका थिए। खतिवडाले ३७ हजार ५२४ मत प्राप्त गर्दा लिम्बुले ३१ हजार ४३६ मत पाएका थिए। 

corrent noodles
Metro Mart

क्षेत्र नं. १ बाट खतिवडा र लिम्बु दुवै एक–एक पटक निर्वाचित भइसकेकाले परिणाम कसको पक्षमा जाला भन्ने निश्चित नभएको स्थानीय मतदाता बताउँछन्। दुवैको कार्यकाल हेरिसकेकाले नयाँ केही होला भन्ने नभएको उर्लाबारी १ लक्ष्मीझारका दामोदर निरौलाले बताए। जनताका समस्या जस्ताको त्यस्तै रहेको उनको भनाइ छ। यस पटकको परिणाम जे पनि हुन सक्ने उनी बताउँछन्। खतिवडा र लिम्बु बाहेक तेश्रो उम्मेदवार वजनदार नभएको उनले बताए। ०७० मा निर्वाचित नभएका लिम्बुले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा ०७४ मा पराजित हुनु परेको निरौलाको भनाइ छ। खतिवडाले पनि ०७४ मा गरेको वाचाहरु पूरा हुन नसकेको उनको भनाइ छ। 

खतिवडा र लिम्बुलाई नै आन्तरिक समस्या
एमालेका खतिवडा र कांग्रेसका लिम्बु दुवैलाई आन्तरिक रुपमा समस्या छ। पार्टीभित्र उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभाका आकांक्षी तीन जनाले राजीनामा दिएपछि एमाले उम्मेदवारलाई समस्या भएको छ। प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका प्रदेश कमिटीका सदस्य राजेन्द्र पौडेलले एमाले परित्याग गरी हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा भन्दा केही अघि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका पौडेलले टिकट वितरणमा असन्तुष्टि जनाएका थिए। 

प्रदेशसभाको १ (क) बाट सिफारिसमा परेका एमाले मोरङ सचिव रुपेश खतिवडाले पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै सचिव पदबाट राजीनामा दिएर निस्क्रिय भएर बसेका छन्। प्रदेशसभाको १ (ख) बाट सिफारिस भएका प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले पार्टी जिम्मेवारीबाट मुक्त हुँदै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। अधिकारीको उम्मेदवारी पार्टीको दबाबमा फिर्ता भए पनि उनी प्रचारमा निस्कन सकेका छैनन्। उनलाई साथ दिएर केराबारी २ को सिंगो कमिटीले नै राजीनामा दिएको थियो। त्यसले पनि अधिकारीले उम्मेदवारी फिर्ता लिँदा समस्या पारेको स्थानीयको भनाइ छ। 

नेपाली कांग्रेसका जिल्ला सभापति लिम्बुलाई पनि क्षेत्र नं. १ मा आन्तरिक समस्या छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रमा रहेका चारवटा स्थानीय तहमध्ये तीनवटामा कांग्रेस पराजित भएको थियो। अघिल्लो स्थानीय तहमा विजयी भएका कुनै पनि पालिकामा कांग्रेसका उम्मेदवार विजयी बन्ने सकेनन्। यसको आरोप लिम्बुमाथि लाग्ने गरेको छ। उनको भूमिका प्रभावकारी हुन नसकेको उम्मेदवारहरुको गुनासो छ। यसको असर उनलाई पर्ने देखिएको छ। अर्कोतिर प्रदेशसभाका आकांक्षी भएर पनि गठबन्धनका कारण ब्याक हुनुपर्ने अवस्था भएपछि पार्टीका नेताहरु नै असन्तुष्ट छन्। कांग्रेसले प्रतिनिधिसभामा मात्रै उम्मेदवारी पाएपछि प्रदेशसभा तर्फका आकांक्षीहरु असन्तुष्ट छन्। 

अंकगणित के छ? 
०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ८८ मतान्तरले गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजयी भएको मोरङ १ मा ४ वटा स्थानीय तह छन्। उर्लाबारी र लेटाङ नगरपालिका, केराबारी र मिक्लाजुङ गाउँपालिका सो क्षेत्रभित्र पर्छन्। ०७४ को निर्वाचनमा एमालेले लेटाङ, उर्लाबारी र केराबारीमा नेतृत्व गुमाएको थियो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सो क्षेत्र भित्रका चार वटा स्थानीय तहमध्ये तीनवटामा एमालेको प्रमुख, उपप्रमुखसहित बहुमत वडाध्यक्ष निर्वाचित भएका छन्। ०७४ मा प्रमुख, उपप्रमुख सहित बहुमत वडाध्यक्ष जितेको एमालेले मिक्लाजुङमा यसपटक सो शक्ति गुमाएको छ। 

स्थानीय निर्वाचनमा वडागत रुपमा एमालेले ३२ हजार ३ सय ६६ मत पाउँदा कांग्रेसले ३१ हजार ४ सय १३ मत ल्याएको थियो। माओवादी ६ हजार ५ सय ८३ प्राप्त गरेको थियो। 

प्रकाशित: Oct 13, 2022| 19:05 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।