सोमबार, भदौ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिसहोमको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

डिसहोमको भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनोट

भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनोट गरेको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं- भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनोट गरेको छ। यस छात्रवृत्तिअन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरूलाई १ देखि १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ।

छात्रवृत्तिका लागि आवश्यक रकम डिसमिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ। साथै, प्राविधिक सहयोगका हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएको छ।


प्रकाशित: Oct 13, 2022| 16:48 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्