शनिबार, जेठ ३०, २०८३

हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता

हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९
National life
Shivam cement

काठमाडौं- हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ।

यस सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन्।

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजार भन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ। विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो। यसै गरी भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ।


प्रकाशित: Oct 13, 2022| 16:47 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्