सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ३१ असोजसम्म बागी उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा : कांग्रेस

३१ असोजसम्म बागी उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा : कांग्रेस

बागीले पार्टीले उठाएका उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुपर्ने सर्त।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पारे कारबाही नगरिने बताएको छ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको बताएको थियो। ३१ ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनले बिहीबार जारी विज्ञप्तिमा भनेका छन्, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहने प्रतिबद्धतासहित ३१ असोजभित्र सार्वजनिक वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराए त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकमाथिको कारबाही पार्टी केन्द्रले फुकुवा गर्ने बेहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’


प्रकाशित: Oct 13, 2022| 16:47 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...