कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ।
देशभरिका १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) जडानका लागि अर्थ मन्त्रालयले थप रु. १७ करोड ८७ लाख ७० हजारको सहमति दिएको छ।
प्रधानमन्त्री पदमा दुई नेताले दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी कानुनी परामर्शमा जुटेकी छन्। उनले कानुनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन्।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन्।
माधव नेपाल पक्षका एमाले सांसदहरुको समेत हस्ताक्षरमा शेरबहादुर देउवा सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास गएलगत्तै एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।
गोपाल योञ्जनले भौतिक चोला बिसाएको २४ वर्ष पूरा भइसके पनि नेपाली सांगीतिक क्षेत्रमा उनलाई ‘द्रोणाचार्य’ मान्नेको जमात् उत्तिकै बाक्लो छ। उनी नेपाली संगीतका एक ग्वाला हुन्, जसले नेपाली संगीतमा सुनका...