बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १४९ सांसदको समर्थनमा प्रधानमन्त्रीकाे दाबी गर्दै शेरबहादुर देउवा

१४९ सांसदको समर्थनमा प्रधानमन्त्रीकाे दाबी गर्दै शेरबहादुर देउवा

विपक्षी गठनबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– विपक्षी गठनबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो। 

१४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न लागिएको कांग्रेस सांसद गगन थापाले जानकारी दिए। कांग्रेसका ६१ र माओवादीका ४८ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।

देउवाको समर्थनमा हस्ताक्षर गर्ने सांसदमा नेकपा एमालेका पनि २७ जना सांसद छन्। त्यसैगरी जसपाका १३ सांसदले हस्ताक्षर गरेका छन्।

संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्।

राष्ट्रपति निवासमा विपक्षी गठबन्धनका नेताहरू। तस्बिरः गंगा दाहाल 

 

प्रकाशित: May 21, 2021| 09:43 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।