बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न तीन दलको कसरत

माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न तीन दलको कसरत

विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षरसहित आज साँझ ५ बजेभित्रमा प्रधानमन्त्री दाबी गर्ने तयारी गरेका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षरसहित आज साँझ ५ बजेभित्रमा प्रधानमन्त्री दाबी गर्ने तयारी गरेका छन्। 

एक सांसदका अनुसार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी दलको नभई व्यक्तिको हुने भएकाले सोहीबमोजिम दाबी गर्न लागिएको हो।

उच्च स्रोतका अनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गराउने दलहरुको तयारी छ। यद्यपि, नेता नेपाल यसबारेमा प्रष्ट भइसकेका छैनन्। 

एमाले सांसद जीवनराम श्रेष्ठले दलहरुबीच छलफल चलिरहेको र निर्धारित समयमा नै प्रधानमन्त्रीका लागि दाबी गरिने जानकारी दिए। 

माधव नेपाल पक्षका सांसदसमेतको हस्ताक्षर बुझाएर बहुमत पुर्याउन लागिएको हो। यो प्रावधानमा सांसदहरुलाई दलको ह्विप र निर्णयसमेत मान्नुपर्ने अनिवार्य हुँदैन। त्यही भएका कारणले पनि माधव नेपाल पक्षले पनि प्रधानमन्त्री दाबी गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने बुझिएको छ।

सिंहदरबारमा यसैको तयारीका लागि विपक्षी दलका दोस्रो तहका नेताहरू छलफल गरिरहेका छन्। अर्थ समितिको हलमा एमालेका भीम रावल, माओवादी केन्द्रका देव गुरुङ, वर्षमान पुन, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, जसपाका मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादवलगायत सांसदहरु सहभागी भएर छलफल गरिरहेका हुन्।

प्रकाशित: May 21, 2021| 09:22 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।