बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यसमिति बैठकबारे महन्थ ठाकुर र उपेन्द्र यादवको जुहारी

कार्यसमिति बैठकबारे महन्थ ठाकुर र उपेन्द्र यादवको जुहारी

पार्टी एकता जोगाएर अघि बढ्ने भन्दै जेठ ४ गते संयुक्त हस्ताक्षर गरेका जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति छोटो समयमै टुटेको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– पार्टी एकता जोगाएर अघि बढ्ने भन्दै जेठ ४ गते संयुक्त हस्ताक्षर गरेका जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति छोटो समयमै टुटेको छ।

पछिल्लो राजनीतिक घटनाक्रमले पुनः जसपाभित्रको विवाद छताछुल्ल भएको छ। कार्यकारिणी समितिको बैठकको विषयलाई लिएर पुनः दुई धार देखा परेको छ। 

अध्यक्ष महन्थ ठाकुरले कोभिड १९ को कारण देखाउदै पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको विज्ञप्ति निकालेका थिए। लगत्तै अर्का अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति निकालेर बैठक स्थगित नभएको प्रष्ट पारेका छन्।

विभिन्न विषयमा विचार विमर्श गरी निष्कर्षमा पुग्न पर्ने भएकाले पूर्व निर्धारित बैठक स्थगित नभएको विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनले तोकिएको समयमा नै बैठक बस्ने जनाएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार र आइतबार बैठक बस्ने भएकाले अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरेका छन्।

जसपाको ५१ सदस्यीय कार्यसिमितिमा यादवको बहुमत छ। यादव पक्षको बहुमत भएकै कारण महन्थ राजेन्द्र पक्षले बैठक छल्दै आएको बताइएको छ।

प्रकाशित: May 21, 2021| 09:14 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।