काठमाडौं– माधव नेपाल पक्षका एमाले सांसदहरुको समेत हस्ताक्षरमा शेरबहादुर देउवा सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास गएलगत्तै एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।
गत आइतबार कार्यदल गठन भएको थियो। त्यसयता प्रभावकारी रुपले बैठक बस्न सकेको थिएन। देउवालाई प्रधानमन्त्री दाबी गर्न माधव नेपाल पक्षका सांसदहरुलेसमेत हस्ताक्षर गरेको बेला सुरु भएको कार्यदलको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन्।