काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गरेका छन्।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित उनले राष्ट्रपति समक्ष दाबी पेश गरेका हुन्।
नेकपा एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित ओलीले दाबी पेश गरेको उनका सल्लाहकार डा. राजन भट्टराईले नेपाल समयलाई जानकारी दिए।
एमाले संसदीय दलका नेता ओलीले विपक्षी गठबन्धनभन्दा अघि नै आफूसँग बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसद गरेर १५३ सांसदको हस्ताक्षर बुझाइएको बताइएको छ।
यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको समर्थन जुटेलगत्तै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतलनिवास पुगेका थिए।
विपक्षी गठबन्धनका नेताहरु प्रधानमन्त्रीमा दाबी गर्नुअघि नै प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।