सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० औं वर्षगाँठ मनाइरहेको छ। पार्टीका सबैभन्दा ठूला नेता तथा चीनमा कम्युनिष्ट शासनका संस्थापक माओत्से तुङले राजनीतिक नाराबाजीलाई एक कलामा बदलिदिए।
नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शंशाक कोइराला र नेता प्रकाशमानसिंहले महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ।
देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले देशभर वर्षा भइरहेको छ।