काठमाडौं- संखुवासभा जिल्ला अस्पतालले आइसियू सञ्चालनको लागि कर्मचारीको माग गरेको छ। करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टको माग गरिको अस्पतालले एक सूचना जारी गरी विज्ञापन आह्वान गरेको छ।
कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक ३ लाख तलबसहित आवासको सुविधा रहेको अस्पतालले जनाएको छ। सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ।
