शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै, असन्तुष्ट माधव-झलनाथ पक्ष सहभागी नहुने

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, असन्तुष्ट माधव-झलनाथ पक्ष सहभागी नहुने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। असार १६ गते दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि आज बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतको जेठ २७ ले महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता नदिनु र पार्टीभित्रकै असन्तुष्ट पक्षको समेत माग सम्बोधन गर्ने भन्दै केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेर बैठक बोलाइए पनि सार्थक हुने देखिएको छैन। 

किनभने संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्ट माधव झलनाथ पक्षले सहभागिता नजाउने निर्णय गरेको छ। 

यो पक्षको बिहीबार बसेको स्थायी कमिटीका नेताहरूको बैठकले अहिलेकै स्थितिमा केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। 

ओली पक्षले केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको दाबी गरेको छ। तर, त्यसमा माओवादीबाट आएका नेताहरूलाई समेत समावेश गरिएकाले नेपाल पक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने भन्दै आजको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता युवराज ज्ञवालीले जानकारी दिए। 

‘ओलीले बोलाएको बैठक अवैध छ, सहमतिअनुसार बोलाइएको पनि हैन, त्यसैले हामीले त्यो बैठकमा नजाने निर्णय गरेका छौँ,’उनले भने।

ज्ञवालीले पार्टी एकताका लागि औपचारिक वार्ता गर्नुपर्ने भनेको छ।

बिहीबार एमाले एकताको प्रयासमा रहेका दुवै पक्षका नेताहरू छलफलमा जुटेका थिए। तर, ठोस सहमति हुन नसकेपछि निष्कर्षविहीन भएको थियो। 

संस्थापन पक्षले गरेको निर्णय र असन्तुष्ट पक्षको अडानकै बीच एमाले एकताको प्रक्रियाले गति लिने संकेत देखिएको छैन।

प्रकाशित: Jul 02, 2021| 01:57 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।