काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहस संवैधानिक इजलासमा भइरहेको छ। असार ९ गतेदेखि भइरहेको नियमित बहसमा रिट निवेदक पक्ष, सरकारी पक्षले बहस गरिसकेका छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट निजी कानुन व्यवसायीहरूले बहस सकेपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गर्नेछन्।
सभामुखको सचिवालयका अनुसार वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन्।
आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुन बताइएको छ।