शनिबार, भदौ ६, २०८३

अझै तीन दिन मनसुन सक्रिय रहन्छ : मौसमविद् प्रधानाङ्ग

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले देशभर वर्षा भइरहेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- मौसम विद् राजु प्रधानाङ्गले देशभर मनसुनी वायुको सक्रिय भएकाले अझै तीन दिन वर्षा हुन सक्ने बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रधानांगका अनुसार हाल देशको तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले देशभर वर्षा भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको प्रधानाङ्गको भनाइ छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिएका छन्।

शुक्रबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

तीन दिनपछि मात्रै मौसममा सामान्य सुधार आउन सक्ने उनको भनाइ छ। देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन उनको आग्रह छ। 

प्रकाशित: Jul 02, 2021| 01:52 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।