शनिबार, भदौ ६, २०८३

सभामुखसँग प्रचण्ड र बाबुरामको भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

लैनचोरस्थित सभामुखको सरकारी निवासमा भेटवार्ता भएको हो। सभामुखलाई भेट्न प्रचण्ड र बाबुराम उनको निवास पुगेका थिए। 

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको मुद्दाको सुनुवाइ लगायत पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको उच्च स्रोतले जानकारी दियो। प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ। 

सुरक्षा उच्च स्रोतले दिएको जानकारी अनुसार बिहान सवा ९ बजेदेखि साढे १० बजेसम्म भेटवार्ता भएको हो।

प्रकाशित: Jul 02, 2021| 06:00 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।