शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेको संस्थापन पक्ष भन्छ- 'पार्टी जेठ २ मै फर्किसकेको छ, अब कसैलाई धेरै पर्खेर बस्न सक्दैन’

एमालेको संस्थापन पक्ष भन्छ- 'पार्टी जेठ २ मै फर्किसकेको छ, अब कसैलाई धेरै पर्खेर बस्न सक्दैन’

नेकपा एमालेको संस्थापन पक्षले पार्टी जेठ २ गतेकै अवस्थामा फर्किसकेको भन्दै अब कुनै पनि वहानामा कसैलाई धेरै पर्खेर बस्न नसक्ने निष्कर्षमा पुगेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- नेकपा एमालेको संस्थापन पक्षले पार्टी जेठ २ गतेकै अवस्थामा फर्किसकेको भन्दै अब कुनै पनि वहानामा कसैलाई धेरै पर्खेर बस्न नसक्ने निष्कर्षमा पुगेको छ।

पार्टीभित्रको असन्तुष्ट पक्षलाईसमेत समटेर एकताबद्ध पार्टी बनाएर लैजान अनेक प्रयत्न गरिएको भन्दै अब धेरै पर्खेर पार्टीका गतिविधि रोक्न नसकिने संस्थापन पक्षका नेताहरू बताउँछन्।

‘पार्टीको तर्फबाट गर्नुपर्ने अधिकतम हर तरहको प्रयत्न भएको छ। पार्टी अध्यक्षले पनि त्यही अनुसारको पूर्णता सबै हिसाबले लगाइरहनुभएको छ,’ एक नेता भन्छन्,‘अब कति पर्खिने जे गर्दा पनि अनेक वहानावाजी गर्ने प्रवृति देखिएको छ।’

उनले असन्तुष्ट माधव झलनाथ पक्षको माग अनुसार नै नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइएको बताए। ‘उहाँहरूले भने अनुसार नै पार्टी जेठ २ को अवस्थामा गइसक्यो। नेताहरूको जिम्मेवारी पनि त्यही कायम भएको छ,’ उनी भन्छन्,‘आजको बैठकमा पनि पदीय हैसियत तोकेरै सहभागी हुन पत्राचार गरिएको छ।’

पार्टी भन्दा बाहिर कोही नहोस भन्ने प्रयत्न कै कारण जति लचिलो हुनुपर्ने त्यति भइसकेको भन्दै उनले अब अझै लचिलो हुन सक्ने स्थिति नरहेको बताए।

‘उहाँहरुले यो बीचमा गरेका गतिविधिहरू सबै बिर्सिएर नै अध्यक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर पुरानै अवस्थाबाट अघि बढ्ने निर्णय लिनुभएको हो,’उनले भने,‘अब उहाँहरुले यसलाई कसरी बुझ्नु हुन्छ त्यो उहाँहरुको कुरा भयो। जे कुरामा पनि अनेकौं शंका उपशंका गर्ने हो भने त भन्नु केही छैन।’

सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको एकीकरणलाई वैधता नदिएर एमाले र माओवादी केन्द्रलाई पूवर्वत रुपमा फर्काउने फैसला गरेको थियो। त्यसयता एमाले एकताबद्ध हुन सकेको छैन। पार्टी अध्यक्ष केपीशर्मा ओली पक्षले एकलौटी रुपमा एमालेलाई पुरानै नेकपाको संरचना अनुसार अघि बढाएको भन्दै माधव नेपाल र झलनाथ पक्षले समानान्तर गतिविधि गरिरहेको छ।

प्रकाशित: Jul 02, 2021| 03:39 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।