शनिबार, भदौ ६, २०८३

चितवनमा बाढी, सौराहालगायतका ठाउँ डुबानमा (फोटो फिचर)

लगातारको वर्षासँगै चितवनका विभिन्न क्षेत्रमा आएको बाढीले सौराहसहित विभिन्न स्थान डुबानमा पारेको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

चितवन- लगातारको वर्षासँगै चितवनका विभिन्न क्षेत्रमा आएको बाढीले सौराहसहित विभिन्न स्थान डुबानमा पारेको छ। बाढी र पहिरोमा परी हालसम्म तीन जनाले ज्यान गुमाइसकेका छन् भने तीन जना बेपत्ता छन्।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्वी चितवनका सयौं घर डुबानमा परेको जानकारी दिएका छन्। नेपाल आर्मी, शशस्त्र प्रहरी र जनपथ प्रहरीले बाढीमा परेकाहरूको उद्धार गरिको छ। 

तीन दिनदेखि लगातार परेको भारी वर्षाले चितवनका सातै पालिकाहरूमा ठूलो क्षति पुर्‍याएको छ। राप्ती नगरपालिका वडा नम्बर-१२ मा पहिरोले एकै घरका चार जनालाई बगाएको छ। जसमध्ये एक जनाको शव भेटिएको छ।

रत्ननगरको पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ। राजमार्गमा रहेको पक्की पुल नै बाढीले भत्काएको छ। खैरहनीमा रहेको बाबा ग्यास उद्योग नै डुबानमा परेको छ भने सिलिन्डर ग्यासहरू बाढीले बगाएको छ। भरपुर–११ र १२ नम्बर वडाका सयौं घरहरू डुबानमा परेका छन्।

 

प्रकाशित: Jul 02, 2021| 03:43 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।