शनिबार, भदौ ६, २०८३

नेपाललाई फोन गरेर ओलीको आग्रह- बैठकमा सहभागी हुनुस्

सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ।
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ।

बिहीबार दुईनेताबीच टेलिफोन संवाद भएको दुवै पक्षका नेताहरूले पुष्टि गरेका छन्। केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको पूर्वसन्ध्यामा दुईनेताहरूबीच संवाद भएको हो। संवादका क्रममा पार्टी अध्यक्ष केपीशर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन र आफ्नो कुरा राख्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ। 

जवाफमा नेता नेपालले सहमतिका आधारमा बैठक राखिनुपर्ने र पार्टीलाई जेठ २ को अवस्थाबाट मात्र अघि लैजानुपर्ने बताएका थिए। एमाले नेताहरुका अनुसार टेलिफोन संवाद भएका दुई नेताहरूका बीचमा भेटवार्ताको प्रयाससमेत भइरहेको छ। 

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले दुईनेताहरूबीच टेलिफोन संवाद भएको भन्दै अध्यक्षले नै आफै अग्रसर भएर टेलिफोन गरेको बताए। 

‘पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष आफैले प्रयत्न गरिरहनुभएको छ। त्यसै अनुसार टेलिफोन संवाद पनि भएको हो,’ उनले भने,‘जेठ २ कै केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। त्यसमा सहभागी हुन आग्रह पनि गरिएको छ।’

समिट होटलमा दुवै पक्षका नेताहरुबीचको वार्तापछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद भएको हो।

प्रकाशित: Jul 02, 2021| 02:42 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।