सोमबार आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सबै पदाधिकारी र सदस्यलाई बोलाएर हेडकाउन्ट गरी यस्तो निर्णय गरेको हो। जसपाको आधिकारिकता उपेन्द्र पक्षले पाएसँगै महन्थ पक्ष दलविहीन अवस्थामा पुगेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। मंगलबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका चौधरीले जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा सनाखतका लागि आयोग पुगेका थिए।