काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच आज छलफल भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा उनीहरुबीच विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ।
सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।