बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना र बाढीपहिरोपीडितका लागि तत्काल गासबासको व्यवस्था गर्न सांसदहरूको माग

कोरोना र बाढीपहिरोपीडितका लागि तत्काल गासबासको व्यवस्था गर्न सांसदहरूको माग

प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा कांग्रेस सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढी, पहिरोपीडित भोकभोकै मर्ने अवस्था आएको बताइन्। 

उनले आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन्। ‘कोरोना, बाढी, पहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ’, उनले भनिन्, ‘यस्ता पीडितका लागि तत्काल गाँस र बासको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु।’ सांसद ज्वारचनले समितिले पनि बाढीपहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाइ गर्न नहुनेमा जोड दिइन्।

एमाले सांसद एवम् पूर्व मन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन्। बालबालिका दूव्र्यसनीमा फस्ने क्रम कोरोना कालमा बढ्दै गएको बताइन्। सांसद थापाले भनिन्, ‘कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनुपर्छ।’

समितिकी अर्का सदस्य एवम् कांग्रेस सांसद हीरा गुरुङले बालिकाहरुमाथि बलात्कारपछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त  पेस गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भीर नभएको आरोपसमेत लगाइन्।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदले सामाजिक कलंकका रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाइजो दिने जस्ता काममा अन्त्य गर्न सामाजिक अभियान  चलाएर अघि बढन सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: Jul 26, 2021| 09:20 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।