बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने  

देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने  

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। मंगलबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।  
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। मंगलबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाइएको हो।  

बैठकमा आसन्न १४ औं महाधिवेशनका विषयमा छलफल हुनेछ। भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन टर्ने सम्भावना बढिरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।  

यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ (भोलि मंगलबार) का लागि तोकिएको वडा तहको अधिवेशन स्थगत गर्ने निर्णय गरेको थियो। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले साउन १२ गतेबाट अधिवेशन प्रारम्भ गर्ने गरी कार्यतालिका पास गरेको थियो।

तर, कार्यतालिका अनुसार काम हुन नसक्दा महाधिववेशन नै अनिश्चित बन्दै गएको छ। असार मसान्तसम्म सक्ने भनिएको क्रियाशील सदस्यता छानविनको काम अझै सकिएको छैन। महाधिवेशनका लागि क्रियाशील सदस्यता मतदाता हुन्। सोही कारण मतदाता नै फाइनल नभइ महाधिवेशन हुन सक्दैन। 

मंगलबारको बैठकमा रमेश लेखक नेतृत्वको क्रियाशील छानविन समितिले प्रतिवेदन पेश गर्ने सम्भावना छ। ‘मंगलबार ९ बजे पदाधिकारी बैठक बस्दैछ। महाधिवेशनका बारेमा छलफल हुनेछ। बैठकमा केही प्रतिवेदनहरु पेश हुन्छन्,’ सह–महामन्त्री सुनिलबहादुर थापाले भने, ‘महाधिवेशन सार्ने वा त्यही मितिमा गर्ने भनेर भोलि नै निर्णय हुन्छ।’

मंगलबारको पदाधिकारी बैठकमा रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने बताइएको छ।

प्रकाशित: Jul 26, 2021| 10:14 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।