बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्काल पुनर्वासको व्यवस्था गर्न मेलम्ची बाढी पीडितको माग

तत्काल पुनर्वासको व्यवस्था गर्न मेलम्ची बाढी पीडितको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 

मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले आफूहरुलाई राहत दिने विषयमा चासो नदिएपछि आफूहरु बिचल्लीमा परेको उल्लेख गर्दै उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । 

ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय सरकारले बाढी पीडितहरुको पीडालाई सम्बोधन नगरेपछि पुनर्वाससहितको उचित राहतको व्यवस्था गर्न प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराइएको मेलम्चीका बाढी पीडित सागरकुमार श्रेष्ठले बताए। उनले अघिल्लो सरकारले पीडितलाई राहत दिने काममा कुनै गम्भीरता नदेखाएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

उनीहरुले घरबारविहीन भएका, रोजीरोटी गुमाएका, व्यवसायमा क्षति पुगेकाहरुलाई तत्काल आर्थिक राहतको प्रवन्ध गर्न माग गरेका छन्। त्यसैगरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन तत्काल तटबन्ध निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको स्थानीय श्रेष्ठले बताए। 

पीडितहरुले मेलम्ची नदीलाई पुरानै धारमा कायम राख्न, बैंकबाट ऋण लिएर लगानी गरी व्यवसाय गरेकाहरुको ब्याज मिनाह गर्न, विद्युत महसुलमा छुट दिन, त्यहाँका उद्योगी, व्यापारी, विद्यार्थीका लागि अल्पकालीन र दीर्घकालीन राहतको घोषणा गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।

उनीहरुले सरकारले सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवादसमेत दिएका थिए। उनीहरुले प्रधानमन्त्री देउवासँग बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न पनि माग गरेका छन् । गत असार १ गते आएको बाढीमा परी मेलम्ची, हेलम्बु र पाँच पोखरीमा दर्जनौंको ज्यान गएको थियो भने कयौँ घरबारविहीन हुनुका साथै उनीहरुको हजारौं रोपनी खेतियोग्य जमीन बगरमा परिणत भएको थियो।

प्रकाशित: Jul 26, 2021| 09:47 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।