बिहीबार, भदौ ४, २०८३

जसपा विवादमा तटस्थ बसे रेशम चौधरी

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका जनता समाजवादीका नेता रेशमलाल चौधरी निर्वाचन आयोगमा पुगेका छन्।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं– कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका जनता समाजवादीका नेता रेशमलाल चौधरी निर्वाचन आयोगमा पुगेका छन्।

निर्वाचन आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि डाकेपछि डिल्लीबजार कारागारमा रहेका चौधरी कडा सुरक्षाबीच आयोगमा उपस्थित भएका हुन्। 

आयोग पुगे पनि उनले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन्। पार्टी एकताका लागि आफू तटस्थ बसेको उनले सुनाए। आपसी वैमनस्य समाधानका लागि आफू आयोगमा आएको बताए। 

निर्वाचन आयोगले आज जसपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो लगाउँदैछ। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो। इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरण बखत संलग्न कागजातसहित उपस्थित हुन आग्रह गरेको थियो।

सोहीअनुरुप जसपाका  नेताहरु निर्वाचन आयोग पुगेका छन्।  अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ।
 

प्रकाशित: Jul 26, 2021| 09:17 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।