बिहीबार, भदौ ४, २०८३

चेक बाउन्स मुद्दामा फरार गुरुङ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक बाउन्समा दोषी ठहर भई फरार भएकी शोभा गुरुङलाई पक्राउ गरेको छ।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक बाउन्समा दोषी ठहर भई फरार भएकी शोभा गुरुङलाई पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट कसुरदार भई फरार रहेकी तनहुँको सतिश्वर–७ की गुरुङलाई सोमबार कुपण्डोल, ललितपुरबाट ब्यूरोको टोलीले पक्राउ गरेको हो।

उनीविरुद्ध सानिमा विकास बैंकको खातामा नभएको पैसा उल्लेख गरी जाहेरीवालालाई चेक दिएर झुक्याएको आरोपमा पाटन उच्च अदालतले दोषी ठहर गर्दै १३ लाख ७० हजार जरिवाना र १४ दिनको कैद सजाय सुनाएको थियो।

उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको ब्यूरोले जानकारी दिएको छ।

प्रकाशित: Jul 26, 2021| 10:55 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।