बिहीबार, भदौ ४, २०८३

निर्वाचन आयोग पुगेर रेशम चौधरीले सुनाए यस्तो कविता 

कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका चौधरीले जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा सनाखतका लागि आयोग पुगेका थिए। 
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

काठमाडौं- जसपाका नेता तथा निलम्बित सांसद रेशमलाल चौधरी कडा सुरक्षा घेराबीच निर्वाचन आयोग पुगेर कवितामा आफ्नो प्रतिक्रिया दिएका छन्। कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका चौधरीले जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यका रूपमा सनाखतका लागि आयोग पुगेका थिए। 

आपसी वैमनश्य समाधानका लागि आफू आयोगमा आएको बताएका उनले आफू कुनै पनि पक्षमा खुल्नु उपयुक्त नहुने प्रतिक्रिया दिए। आयोगले जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हेडकाउन्ट गरिरहेको छ। 

यस्तो छ चौधरीले सुनाएको कविता
कठघरामा उभ्भिएर जति सत्य बके पनि 
न्याय पाऊँ भन्दै हजुर सयौँ पटक झुके पनि
निरीह ठान्दा रैछन शिर निहुराएपछि
दोषी ठहर्‍याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ, हाम्लाई क्षमा चाहिँदैन 


दोषीलाई दण्ड देऊ
तर निर्दोषलाई थुन्न पाइँदैन।
न्याय, न्याय, न्याय।

प्रकाशित: Jul 26, 2021| 09:35 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।