बिहीबार, भदौ ४, २०८३

मोरङमा दुई बालकको डुबेर मृत्यु

मोरङमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको लेटाङ र विराटनगरमा डुबेर दुई बालकको मृत्यु भएको हो।
 |  सोमबार, साउन ११, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ११, २०७८

विराटनगर- मोरङमा दुई बालकको डुबेर मृत्यु भएको छ। जिल्लाको लेटाङ र विराटनगरमा डुबेर दुई बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमध्ये एक बालक डेढ वर्ष र अर्का १५ वर्षका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार विराटनगर महानगरपालिका-१४ जतुवाकी फूलियादेवी महतोका डेढ वर्षे नाबालक छोरा राजकुमार महतोको घरनजिक रहेको नहरको पानीमा डुबेर मृत्यु भएको हो।

खेल्ने क्रममा नहरमा खसेका बालकको डुबेर आइतबार नाबालकको मृत्यु भएको जानकारी राई दिए।

उनका अनुसार मोरङे खोलामा डुबेर लेटाङ नगरपालिका-५ का १५ वर्षीय समुद्र राईको मृत्यु भएको छ। पौडी खेल्न खोलामा छिरेका उनको डुबेर आइतबार दिउँसो मृत्यु भएको एसपी राईको भनाइ छ। प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

प्रकाशित: Jul 26, 2021| 10:17 सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।