जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थांका र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ।
कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–१० आउँदै गर्दा आइतबार बिहान ९ बजेतिर डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।