बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

छानिए मिस युनिभर्स नेपालका टप १८, पुरस्कार १० लाख पाउने

मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन्।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन्। ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गर्दै आइरहेको मिस युनिभर्स नेपालमा यसपटक एक सय सातजनाले आवेदन दिएका थिए। प्रतियोगितामा नेपालसँगै युएसए, क्यानाडा, जर्मनी, चेक रिपब्लिक, अस्ट्रेलियाबाट समेत सुन्दरीहरू सहभागी भएका छन्। 

छनोट भएका टप १८ मा अनुष्का अधिकारी, प्रतीक्षा महरा क्षेत्री, ब्रिस्टी आचार्य, आर्या निशान्त, सदीक्षा खड्का, अनिशा पौडेल, स्मारिका कार्की, स्वीकृति खड्का, मन्दिरा कार्की, निनाकान्त मण्डल, विभूति गौतम, सागरिका मल्ल, सुजिता बस्नेत, समिता न्यौपाने, सगुन गुरुङ, केशु खड्का, रक्षा उप्रेती र प्रतिमा पन्थी छिन्। 

'हामीले अघिल्लो पटक सम्पन्न गरेको संस्करणले प्रतियोगितालाई अझै लोकप्रिय बनाएको छ,' प्रतियोगिताकी कन्ट्री डिरेक्टर नग्मा श्रेष्ठले बताइन। मिस युनिभर्स नेपालको टाइटल नेपाल ल्याउने श्रेय उनलाई जान्छ भने उनी नै पहिलो मिस युनिभर्स नेपाल हुन्। 'मैले आफ्नै पहलमा ल्याएको प्याजेन्ट भएकाले पनि यसको हरेक पक्षमा मैले विशेष ध्यान दिने गरेकी छु,' नग्मा भन्छिन्, 'म प्रतियोगी हुँदै कन्ट्री डिरेक्टर भएकाले पनि प्रतियोगितालाई बुझेकी छुँ।'

उनले छानिएका १८ सुन्दरीलाई आउँदो २० अक्टोबरबाट क्लोज क्याम्पमा राखिने र उनीहरूलाई ३० तारिखमा फाइनलमा प्रतिस्पर्धा गराउने बताइन्। 'फाइनलमा टप १८, १० हुँदै टप पाँचबाट विजेता घोषणा हुनेछन्,' नग्माले भनिन्। विजेताले १० लाख बराबरको पुरस्कार पाउने छन्।

- न्युज कारखाना 

प्रकाशित: Oct 10, 2021| 12:05 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।