बिहीबार, भदौ ४, २०८३

झापामा मासु व्यवसायीको हत्या

झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

झापा- झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ। बिर्तामोड-५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा-६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गए राति हत्या भएको हो।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको मासु पसलभित्रै हत्या भएको हो। उनको गर्धनमा धारिलो हरियारको चोट रहेको आचार्यले बताए।

शरिरको अन्य भागमा पनि चोट छ। घटनाबारे जानकारी पाउनसाथ राति १० बजे नै प्रहरी घटना स्थलमा पुगेको थियो। शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको खोजी भइरहेको आचार्यले जानकारी दिए।

प्रकाशित: Oct 11, 2021| 09:45 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।