बिहीबार, भदौ ४, २०८३

अछाम जीप दुर्घटना अपडेट, मृतक र घाइतेको सनाखत

जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

अछाम- जन्ती गएर फर्किएको बोलेरो जीप अछाममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुईकामा दुर्घटनामा परेको हो।

जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। सोही नगरपालिकाका १७ वर्षीय हिमाल नेपालीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा सवारीचालकसहित १५ जना घाइते भएका छन्। १३ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जनालाई नेपालगन्ज लगिएको छ। मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको हो।

घाइतेको विस्तृत विवरण

जीप दुर्घटनामा घाइते हुनेमा पञ्चदेवल विनायक नगरपालिका-२ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षीय जगत विक, १६ वर्षीय हिक्मत आउजी, १७ वर्षीय प्रेम नेपाली, १८ वर्षीय सन्तोष ढकाल र  १९ वर्षीय  दिपेन्द्र धामी रहेका छन्।

घाइते हुनेमा वडा नम्बर ८ का २२ खम्म खनाल, ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षीय दीक्षित भण्डारी र मंगलसेन नगरपालिका-५का मेघराज भाट रहेका छन्।

भरत र सन्तोषलाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र उपचारपछि घर फर्किएका छन्।

प्रकाशित: Oct 11, 2021| 08:05 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।