बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङ लैजान लागेको थांकाभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने गिरोह पक्राउ

हङकङ लैजान लागेको थांकाभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने गिरोह पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थांका र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले थांका र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ।

ब्युरोद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा लागुऔषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरेको हो।

ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले  ललितपुरको मानभवनस्थित ब्लुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थांका  र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्युरो प्रमुख हृदयेश थापाले जानकारी दिए।

लागुऔषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ।

अनुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौं महानगरपालिका–१४ बाट सुजन श्रेष्ठलाई चरेश दिने सिन्धुपाल्चोक लिसखु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थांकामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो। 

पर्सा सखुवापर्सानी–१ घर भई काठमाडौँ बौद्ध नयाँबस्तीमा सिलाईबुुनाई काम गर्ने दिनदयाल महतो र  दीपेन्द्र महतोलाई पनि थांकामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्युरो  सफल भएको छ। प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो। 

उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेसहित पक्राउ परेका हुन्। निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्युरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए। 

प्रकाशित: Oct 10, 2021| 19:30 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।