बिहीबार, भदौ ४, २०८३

महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

सिमकोट- हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ। नेपालीहरूको महान् पर्व दसैं र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हनाका साथै दसैंको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन्।

एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर परेको छ।

गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरीत विद्युत् सेवा अवरुद्ध भएकाले  वडा नम्बर ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताए। लगतार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुईवटा गाउँपालिकाका हजारौं सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उनको गुनासो थियो। दसैंको मुखमा एकअर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताए।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा  जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन्।

उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय लागिपरको टेलिकम स्रोतले जनाएको छ। हाल जिल्लामा सेवाग्राही सञ्चार क्षेत्रबाट बञ्चित नहुन् भन्दै जेनेरेटर चलाएर पनि केही सेवा उपलब्ध गराउँदै आइएको टेलिकमले जानाएको छ।

प्रकाशित: Oct 10, 2021| 12:21 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।