सिराहा- सिराहा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जना युवकलाई पक्राउ गरेको छ।
प्रहरीले सिराहा नगरपालिका-११ बुधौरा दशगजा क्षेत्रबाट सिराहा नगरपालिका-२१ लकडीगोठका १९ वर्षीय विमलेश कर्ण, २६ वर्षीय वंशराज मुखिया र सप्तरी राजविराज-९ का १९ वर्षीय निकित कुमारलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीआर ३२ एजी ५५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्नेक्रममा उनीहरूको साथबाट नाइट्रोभेट १० एफ नामक प्रतिबन्धित लागु औषध १० पत्तासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल पनि बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। -न्युज कारखाना