अछाम- अछाममा विवाहमा जन्ती गएर फर्किएको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
से१च१७६३ नम्बरको बोलेरो जीप आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा दुर्घटनामा परेको हो।
जीप दुर्घटनामा पन्चदेवल विनायक नगरपालिकाका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा र १७ वर्षका जीवन जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
मृतक न्यौपाने र बोहरा पन्चदेवल विनायक नगरपालिका-२, का हुन् भने जैसी सोही नगरपालिका वडा नम्बर ३ का हुन्।
दुर्घटनामा सवारीचालकसहित १६ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
- न्युज कारखाना