बिहीबार, भदौ ४, २०८३

महानायक प्रकरण : सलोन बस्नेतले मागे माफी

बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन्। 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ।
 |  आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८

काठमाडौं- बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन्। 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ।

गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍यो। हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन। यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई।

बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन्। उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन्। 

केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन्। फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी। किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए। योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए।

सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

यस्तो छ सलोनको भनाइ

माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो। म अल्मलिएका थिएँ र बुझ्न सकिनँ। मेरो हुर्काइ यही ठाउँमा भयो। म तिनै इतिहासका मायामा बढ्दै गएँ। म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो। ‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए। जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ। मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू। मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर। मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन। मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई  १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो। शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन। सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा। मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन। मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु।

प्रकाशित: Oct 10, 2021| 13:42 आइतबार, असोज २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।