बिहीबार, भदौ ४, २०८३

देखिएन बोनसको चमक

पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ। एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन्।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

काठमाडौं- पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ। एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन्। 

यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव ५ प्रतिशन नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भए पश्चात साधारणसभाको छलफलमा समावेश गरिनेछ। बोनस घोषणा भएता पनि सेयरको मूल्य भने बढेको छैन। न्युज तयार पर्दासम्म यसको मुल्य चार सय ३० रुपैयाँ छ। 

कम्पनीको आइतबार बिहान बसेको संचालक समितिको ३७५औं बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट सेयर धनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजी नौ अर्ब ४८ करोड दुई लाख ११ हजार एक १९५ को १२ प्रतिशत अर्थात एक अर्ब आठ करोड पाँच लाख ७८ हजार ५४३ बराबरको बोनस सेयर तथा ३१ करोड ५१ लाख ६८ हजार ७४२ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य सेयरधनीले दाबी गर्न पाउने छन्।

- न्युज कारखाना

प्रकाशित: Oct 11, 2021| 10:02 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।