सुर्खेत- कर्णाली नदीमा डुंगा दुर्घटना भएको छ। कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–१० आउँदै गर्दा आइतबार बिहान ९ बजेतिर डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुर्घटनामा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक बेपत्ता भएकी छिन्। उनी दसैंमा घर लिप्नको लागि मोहन्याल गाउँपालिकाबाट कमेरो र माटो लिएर फर्कन थालेकी थिइन्। ढुंगामा ६ जना सवारी थिए।
अन्य ५ जना भने पौडिएर नदी पार गरेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाए। बेपत्ताको खोजीका लागि प्रहरी घटनास्थल पुगेको छ।