भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ। सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले जिल्ला र उच्च अदालतको आदेश कार्यान्वयन नगर्न र उक्त मुद्दा पुनः जिल्ला अदालतमा नै फर्काउन आदेश जारी गरेको हो।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘हामी जनतावादी मान्छे। हाम्रो यो संघर्ष नै न्यायिक शुद्धीकरणका पक्षमा हो। हाम्रो एउटै उद्देश्य छ जनतालाई न्याय।’
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ। केही वरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।