बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुद्ध दर्शनलाई आत्मसात् गरेमात्रै विश्‍वमा दिगो शान्ति हुन्छ : राष्ट्रपति

बुद्ध दर्शनलाई आत्मसात् गरेमात्रै विश्‍वमा दिगो शान्ति हुन्छ : राष्ट्रपति

नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनले बताएकी हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन्। आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुनसक्ने बताएकी हुन्। 

उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताको सन्देश विश्वभर फैलाएकोमा सम्पुर्ण नेपालीले गर्वको अनुभूति गरेको पनि उल्लेख गरिन्। नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनले बताएकी हुन्। 

उनले भनिन्, ‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सह–अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले सधैँ गर्वको अनुभुति गरेका छौँ। र सधैँ गरिरहने छौँ। बुद्धले २५ सय वर्षभन्दा अगाडि पहिल्याउनु भएका जिवनोपयोगी सन्देशहरु अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरु दिनानुदिन विस्तारित हुँदै जानु हाम्रा निम्ति खुसीको विषय हो।'

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिएकी छन्। यसो गर्दा स्थानीय समुदायको जीवनमा पनि समृद्धि हासिल हुने उनको भनाई छ। 

उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्। ऐतिहासिक, पुरातात्विक महत्वका संरक्षणसहित बुद्ध सर्किट विकास गरी मौलिक पहिचानलाई विश्वासामु प्रस्तुत गर्नुपर्नेमा उनको जोड छ। 

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्‍न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्। साथै लुम्बिनीमा खानेपानी, बिजुली, ढल निकास लगायतको विषयमा सम्बन्धित निकायले ध्यान पुर्‍याइ उत्कृष्ट बस्ती बनाउनुपर्ने उनले बताइन्। 

 

प्रकाशित: Oct 31, 2021| 18:08 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।