बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजबाट सुरू हुँदै

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

ग्लास्गो- जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन् बिभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख ग्लास्गो पुगेका छन्।  १२ नोभेम्बर सम्म आयोजना हुने विश्व सम्मेलनमा २५ हजार भन्दाबढी सहभागी हुँदैछन्। 

ग्लास्गोमा आज हुन लागिरहेको विश्व सम्मेलन २६औं सम्मेलन हो। यो सम्मेलन गत वर्ष नै ग्लास्गो सहरमा आयोजना हुने कार्यक्रम थियो। तर, कोभिडको कारण स्थगित भएको थियो।  २५औं सम्मेलन सन् २०१९ मा स्पेनमा भएको थियो। 

विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर असरलाई न्यून गर्ने  विषयमा छलफल र आवश्यक रणनीति चाल्नु सम्मेलनको मुख्य उद्देश्य हो। सम्मेलनका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछन्। 

जलवायु परिवर्तनबारे पेरिस सम्झौता भएको ६ वर्षपछि विभिन्न देशले  जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्नेछन्। सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न कोप–२१ सम्मेलनमा सहभागी १९६ मुलुकले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका थिए। विश्व तापमान वृद्धिलाई १ दशमलब ५ डिग्री सेल्सियसमा झार्ने सहभागी राष्ट्रले प्रतिबद्धता जनाएका छन्। 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिकेपछि यसको कार्यान्वयनमा ठूलो समस्या उत्पन्न भएको थियो। वर्तमान  जो वाइडनले सत्ता सम्हालेसँग फेरि सो सम्झौतामा जोडिएका छन्।

प्रकाशित: Oct 31, 2021| 09:46 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।